Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
सिड्नीको बन्डाइ बीचमा गोलीकाण्ड, कम्तीमा १० जनाको मृत्यु, २५ भन्दा बढी घाइते
नेपालआईज
२९ मंसिर २०८२ ११:२६
अष्ट्रेलिया / सिड्नीको चर्चित बन्डाइ बीच क्षेत्रमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १० जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकमध्ये दुई जना संदिग्ध आक्रमणकारीमध्ये एक जना पनि रहेको जनाइएको छ। घटनामा घाइते भएका कम्तीमा २५ जनालाई सिड्नीका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
साँझ करिब ७ बजे भन्दा केही समयअघि पुलमाथिबाट दुई जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको दृश्य घटनास्थलबाट प्राप्त भिडियोमा देखिएको छ। प्रहरीले घटनाको प्रत्यक्ष प्रसारणमार्फत (लाइभ अपडेट) विवरण सार्वजनिक गरिरहेको छ।
न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले प्रारम्भिक जानकारी दिँदै आक्रमणकारीहरूले यहूदी समुदायलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्। यो घटना यहूदी समुदायको महत्वपूर्ण पर्व हानुक्काको पहिलो रातमा भएको जनाइएको छ। घटनाका बेला बन्डाइस्थित आर्चर पार्कमा एक हजारभन्दा बढी मानिसको उपस्थिति रहेको थियो।
दिनदहाडै भएको यस नृशंस गोलीकाण्डपछि बन्डाइ क्षेत्रका स्थानीय बासिन्दा र समुद्रतटका पर्यटकहरू गहिरो शोक र आघातमा परेका छन्। घटना सुरु भएको साढे तीन घण्टापछि समुदायका मानिसहरू एकअर्कासँग सान्त्वना खोज्दै भयावह दृश्यहरूलाई सम्झँदै छन्।
यसैबीच प्रहरीले करिब नौ मिनेटसम्म चलेको उक्त आक्रमणको क्रम र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।
बन्डाइ गोलीकाण्डबारे प्रधानमन्त्री एन्थोनी अल्बानीजको वक्तव्य