म विचारले मात्र विवादित हुन्छु, अरु गल्ती गर्दिनँः करिश्मा मानन्धर

म विचारले मात्र विवादित हुन्छु, अरु गल्ती गर्दिनँः करिश्मा मानन्धर
नेपालआईज
२ भदौ २०७८ १०:५३

नेपाली चलचित्र क्षेत्री सदबहार नायिका करिश्मा मानन्धरले आफू आफ्नो विचारका कारण मात्र विवादित हुने गरेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै करिश्माले भनिन्–‘म मेरो विचारले मात्र विवादित हुन्छु । मैले मनको कुरा राख्न, मेरो विचार राख्न पाउँछु । यही नै त प्रजातन्त्रको सुन्दरता हो नी । अब, म कलाकार भएको नाताले कसैले मेरो विचारमा गाली र ताली दुबै दिन पाउनुहुन्छ । यसमा पनि मेरो कुनै आपत्ती छैन ।’

करिश्माले आफू आफ्नो विचारका कारण मात्र विवादित बन्ने गरेको र अन्यउ गल्ती आफूले कहिल्यै नगर्ने पनि बताइन् । करिश्माले सार्वजनिक गरेको नयाँ तीज गीत ‘आउ न संगी’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा आकर्षक नृत्य गरेकी करिश्माले आफू राम्रो डान्सर नभएको बताइन् । आफूलाई आफ्नै तरिकाले नाच्न दिनुपर्ने भन्दै करिश्माले अबको समय उफ्रिएर नाच्ने नरहेको पनि बताएकी छिन् । अहिले कोरियोग्राफरले कलाकारको शारीरिक अवस्था हेरेर कोरियोग्राफी गर्ने गरेको भन्दै करिश्माले अहिलेको समयमा स्लिम नै हुनुपर्छ भन्ने नभएको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर