न्युजिल्यान्ड विश्वकप टी २० को फाइनलमा

न्युजिल्यान्ड विश्वकप टी २० को फाइनलमा
नेपालआईज
२५ कार्तिक २०७८ ८:०३

खेलकूद  व्यूरो ।  डेरी मिचेल र जेम्स निसमले सङ्कटको समयमा अपत्यारिलो पालि खेलेपछि न्युजिल्यान्ड बुधबार राति इङ्गल्यान्डलाई एक ओभर बाँकी छँदै पाँच विकेटले हराएर विश्वकप टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

न्युजिल्यान्डका लागि यो जित बदला पनि भएको छ । पछिल्लो एकदिवसीय विश्वकपको फाइनलमा अम्पायरको विवादास्पद निर्णयका कारण सुपर ओभरमा इङ्गल्यान्डसँग हारेपछि न्युजिल्यान्ड विश्वविजेता बन्नबाट वञ्चित भएको थियो ।

 न्युजिल्यान्ड विश्वको टेस्ट च्याम्पियन टिम पनि हो । यद्यपि न्युजिल्यान्डले सीमित ओभरको विश्वकप जित्न सकेको छैन । न्युजिल्यान्ड यस उपलब्धिबाट एक खेल टाढा छ । फाइनल आइतबार हुनेछ ।

न्युजिल्यान्डलाई अन्तिम चारमा ओभरमा ५७ रन बनाउन आवश्यक थियो । सो स्थितिमा मिचेलले पनि ४८ बलमा अविजित ७३ रन बनाएपछि न्युजिल्यान्डले पाँच विकेटको क्षतिमा १६७ रन बनाएर जित हात पार्यो । निसमले ११ बलमा २६ रन बनाएर न्युजिल्यान्डको जितमा महत्वपूर्ण योगदान दिनुभयो । मिचेलको यो पहिलो टि२० अन्तर्राष्ट्रिय अर्धशतक पनि हो ।

निसम १७ औँ ओभरमा आउट हुँदा इङ्गल्यान्डले पुनः खेलमा नियन्त्रण बनाएको थियो तर मिचेलले क्रिस वोक्सको बलिङमा दुई छक्का प्रहार गरी न्युजिल्यान्डलाई खेलमा फर्काउनुभयो । न्युजिल्यान्डका लागि डेभन कन्वेले पनि ४६ रन बनाएर टिमको जितमा उचित योगदान दिनुभयो ।

 मिचेल र कन्वेले ८२ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले खेल जित्ने अवसर प्राप्त गरेको हो । यसअघि, वोक्सले सुरुका दुई ओभरमा नै विकेट लिएपछि न्युजल्यान्ड १३ रनमा दुई विकेट गुमाएर सङ्कटमा परेको थियो ।

यसअघि, इङगल्यान्डले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा १६६ रनको चुनौतीपूर्ण योगफल यार पारेको थियो । इङगल्यान्डका लागि मोइन अलीले सर्वाधिक रन बनाउनुभयो ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर