सिड्नी ।
अस्ट्रेलियाको गृह विभागले दिएको तथ्यांक अनुसार विगत दुई वर्षमा ३५ हजार विद्यार्थीको भिसा रद्द भएको छ । सन् २०२०–२१ मा १३ हजार भन्दा बढी भिषाहरु रद्द गरिएको छ । जुन सन् २०१९–२० मा २० हजार भन्दा बढी थियो ।
सन् २०१९–२० को तथ्यांक लगभग एक दशकको उच्च रेकर्डको हो । विभागले जनाए अनुसार अन्य कारणहरु मध्ये गैर–नागरिकले अस्ट्रेलिया प्रवेश गर्न गलत जानकारी दिने, भिषाका शर्तहरु पालना नगर्ने, समुदायलाई जोखिम खडा गर्ने वा अपराधमा संलग्न हुने कारणले भिषा रद्द हुन सक्छ ।
जालसाजीपूर्ण वित्तिय कागजातहरु उपलब्ध गराएको ठहर गरिएकापछि भिसा रद्दा भएका विद्यार्थीसंग सम्पर्क गर्दा एक विद्यार्थीले भने इन्भेष्टमेन्ट क्यापिटल इन्भेष्टमेन्ट बैंकबाट बोगस बैंक स्टेटमेन्ट उपलब्ध गराएको भन्दै मेरो भिषा रद्द भयो ।
ती विद्यार्थीका अनुसार उसको जस्तै अन्य ४९ जनाको ह्वाट्एप ग्रुपमा रहेकाहरुले दावी गरेका छन् कि उनी जस्तै उनीहरुको भिषा रद्द गरिएको छ । उनले आफ्नो भिषा विना सूचना रद्द गर्न अघि आफू र अन्य विद्याथीहरुले पछिल्लो दुई वर्षदेखि अनलाईन अध्ययन गरिहेको दावी गरे ।
एक अर्का विद्यार्थीको दावी छ कि उनको भिसा कुनै एक वित्तिय संंस्थाको बोगस बैंक स्टेटमेन्ट प्रदान गरेका कारण रद्द गरिएको थियो । आईईआईएस एजुकेसन ग्रुप लिमिटेडका विद्यार्थी सल्लाहकार वासिल अजादले भने कि भिसाको कुनै पनि शर्त उल्लंघन गरेको पाइए विभागसंग उक्त व्यक्तिको भिसा रद्द गर्ने अघिकार छ । उनका अनुशार यो जेपनि हुन सक्छ जसले व्यक्ति राम्रो चरित्रको छ भनेर प्रमाणित गर्न सक्दैन, जस्तै नक्कली वा जालासाजी कागजात प्रदान गर्नु ।
उनले भने विभागले भने अनुशारको कागजपत्र नभएमा र विभागले कुनै पनि गल्ति पाएमा भिसा रद्द गर्न सक्छ । विगत दुई वर्षमा ठूलो संख्यामा विद्यार्थी भिषा रद्द हुनेको मुख्य कारण अन्फरमेसन अफ इनरोलमेन्ट (सिओई) तथा जालसाजीपूर्ण आर्थिक कागजातहरु रहेको उनले बताए । एक पटक सिओई रद्द भए नयाँ लिनका लागि २८ दिन हुन्छ अन्यथा गृह विभागले भिसा रद्द गर्ने गरेको उनले बताए ।
वित्तिय विवरणहरुको बारेमा आजादले भनेकी कि गृह विभागले मुद्दाहरुको छानविन गरेर निष्कर्षमा पुगेपछि वित्तिय संस्थाहरुको रेफरेन्स गलत रहेको पाएको थियो ।
जब अजादले विभागसंग सम्पर्क गरे उनलाई बताइयो कि उनीहरुको छानविनले सूचीवद्ध स्थानमा कुनै बैंक नरहेको, गलत फोन नम्बर र एक व्यक्तिले मात्र स्टेटमेन्ट जारी गरेको सामान्य समस्या फेला पारेको थियो ।
गोपनियताका कारण गृह विभागले यसमा कुनै टिप्पणी गर्न चाहेन । तर अस्ट्रेलियन सरकारले गैर नागरिक जो आपराधिक क्रियाकलापमा संलग्न वा अन्य त्यस्तो व्यवहार देखाउनेहरुबाट अस्ट्रेलियाका समुदायलाई सुरक्षित राख्ने कुरामा गम्भिर रहेको विभागले जनाएको थियो ।
गैर नागरिकले अस्ट्रेलियाप्रवेश गर्न तथा यही बसिराख्न माइग्रेसन एक्ट १९५८ तथा माइग्रेसन रेगुलेसन्स १९९४ को आवश्यकताहरुलाई पुरा गर्नुपर्ने हुन्छ ।
प्रवक्ताका अनुसार सबै रद्द भिषा पुन एपिल गर्न सकिने तथा विना कुनै जानकारी माइग्रेसन एक्टको १२८ अनुच्छेद अनुसार भिषा रद्द भएका गैरनागरिकले भिसा रद्द खारेज गर्न मन्त्रीलाई निश्चित समयभित्र आग्रह गर्नुपर्ने हुन्छ ।
स्रोत : एसविएस ऊर्दू