भेनेजुएलामाथि अर्जेन्टिनाको सहज जित

भेनेजुएलामाथि अर्जेन्टिनाको सहज जित
नेपालआईज
१२ चैत २०७८ ३:१०

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनौट भइसकेको छ । यो जितपछि अर्जेन्टिनाको १६ खेलमा ३८ अंक रहेको छ ।

त्यस्तै भेनेजुएलाको भने १७ खेलमा केवल १० अंक रहेको छ भने विश्वकपमा छनौट हुने सम्भावना यसअघि नै सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर