चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन

चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन
नेपालआईज
१४ चैत २०७८ ३:२२

बेइजिङ । चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ ।

सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो ।

त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ ।

चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो ।

संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

How we can support young people experiencing bullying

२९ भदौ २०८३ ०:२३

सम्बन्धित खवर