चेल्सीसंग पराजित भएपनी रियल मड्रिड सेमिफाइनलमा

चेल्सीसंग पराजित भएपनी रियल मड्रिड सेमिफाइनलमा
नेपालआईज
३० चैत २०७८ २:१८

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा  रियल मड्रिड क्लब चेल्सीसंग ३-२ अन्तरले पराजित भएपनी सेमिफाइनलमा प्रवेश गरेको छ । 
मंगलबार  राति घरेलु मैदानमा रियल पराजित भएपनी समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । 

पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१  अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्यो  । 

चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे । । 

१५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो । 

टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए । 

अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसंग बराबरी खेलेसंगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर