काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले लखनउलाई १८ रनले पराजित गरेको हो ।
बैंगलोरले दिएको १८२ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १६३ रन बनाएपछि खेल १८ रनले गुमाएको हो ।
लखनउका लागि क्रुनाल पाण्डेयले सर्बाधिक ४२ रन बनाए भने कप्तान केएल राहुलले ३०, मार्कस स्टोइनिसले २४ रन बनाए ।
त्यस्तै बैंगलोरका बलर जोस हजेलवूडले सर्बाधिक ४ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १८१ रन बनाएको थियो । जसमा कप्तान फाफ डु प्लेसिसले ९६ रन बनाए भने शबबाज अहमदले २६, ग्लेन म्याक्स्वेलले २३ र दिनेश कार्तिकले १३ रन बनाए ।
यो जितपछि बैंगलोरले ७ खेलमा पाँचौ जित हासिल गर्दै १० अंक बनाएको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको ७ खेलमा तीन हारसहित ८ अंक छ र अंक अलिकमा चौथो स्थानमा रहेको छ ।
आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच खेल हुदै छ ।