पहिला व्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा १५५ रनको लक्ष्य दिएको थियो। चेन्नाईलाई अन्तिम तीन ओभरमा जीतको लागि ४२ रनको आवश्यकता थियो, र अन्तिम ६ बलमा १७ रन जोड्न आवश्यक थियो।
एजेन्सीः भारतमा जारी आइपिएल २०२२ अन्तर्गतको खेलमा चेन्नाई सुपरकिंग्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले हराएको छ। महेन्द्र सिंह धोनीले १३ बलमा २८ रन जोडेपछि चेन्नाई सुपरकिंग्सले रोमाञ्चक जित हासिल गरेको हो।
अन्तिम ओभरको पहिलो बलमा मुम्बई इन्डियन्सका जयदेव उनादकटले चेन्नाई सुपरकिङ्गका ड्वेने प्रिटोरियसलाई आउट गराएका थिए। त्यसपछि मैदान पसेका बेब्रो पिचले दोस्रो बलमा एक रन जोडे।
अघिल्लो ४ बलमा जीतको लागि १६ रन चाहिएको थियो। धाेनीले लगातार ६, ४, २ र ४ रन जोड्दै चेन्नाईलाई स्मरणीय जीत दिलाए । मुम्बईको शुरुवात धेरै नै खराब थियो। पहिलो ओभरमा रोहित शर्मा र इशान किशन कुनै रन नजोडि आउट भए। चेन्नाईका मुकेश चौधरीले दुवै खेलाडीलाई आउट गरेका थिए ।
मुम्बईको लागि सूर्यकुमार यादवले ३२, डेब्यू गर्ने ऋतिकले २५ र पोलार्ड ले १४ रन बनाए । मुम्बईको लागि सबै भन्दा धेरै १९ वर्षका तिलक वर्माले अर्धशतक जोडेर टीमलाई १५५ को तार्गेट दिलाएका थिए। प्लेयर अफ द म्याच चेन्नाईका मुकेश चौधरी भएका छन् । उनले १९ रनको क्षतिमा ३ विकेट लिएका थिए।
यो प्रतियोगीतमा चेन्नाईको दोस्रो जित हो भने मुम्बई इन्डियन्सको सातौँ हार। मुम्बई इन्डियन्सले अहिलेसम्म खेलेको कुनै खेलमा जित हासिल गर्न सकेको छैन।