एजेन्सी- टेनिसस्टार बोरिस बेकरलाई बेलायतको एक अदालतले साढे दुई वर्षको जेल सजाय सुनाएको छ। अदालतले झूट बोलेर आफूलाई कंगाल घोषित गरेकोमा जेल सजाय सुनाएकाे हाे।
एक निर्णायक मण्डलले बेलायतको इन्साेलभेन्सी कानुनअन्तर्गत् उनीविरुद्ध चारवटा आरोप सत्य भएको पाएको छ।
जर्मनीका बेकरले आफ्ना उधारकर्ताहरूको करिब ५० मिलियन पाउन्ड ऋण तिर्नबाट बच्न सन् २०१७ मा आफूलाई कंगाल घोषणा गरेका थिए। तर, उनले आफ्नो करिब २५ लाख पाउण्डको सम्पत्ति लुकाएका थिए।
६ पटकको ग्रान्ड स्लाम विजेता बेकरले यसअघि आफूले कुनै पनि कानुन नताेडेकाे दाबी गरेका थिए। तर धेरै कुरा बाहिर आएपछि उनीविरुद्ध बेलायतको इन्साेलभेन्सी कानुनअन्तर्गत मुद्दा दर्ता गरियो।