सिड्नीमा शात्तलाल मुल्मीको “म भित्रको म” नामक आत्मवृतान्त पुस्तक विमोचन कार्यक्रम सम्पन्न

सिड्नीमा शात्तलाल मुल्मीको “म भित्रको म” नामक आत्मवृतान्त पुस्तक विमोचन कार्यक्रम सम्पन्न
नेपालआईज
२४ वैशाख २०७९ १३:०९

सिड्नी । रुपन्देहि सामाजिक सन्जाल कला संस्कृति तथा साहित्यिक समन्वय समिति अस्ट्रेलियाको आयोजनमा “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको बिमोचन एवं विश्लेषणात्मक छलफल  शनिबार सिड्नीमा  एक कार्यकम विच सिड्नि स्थित ARNCLIFFE  Community Centre CORNATION And ELIZABETH  Hall मा सम्पन्न भयो l

“म भित्रको म” नामक आत्मवृतान्त पुस्तक लेखक , सामाजिक सेवा परिषदको सल्लाहाकार ,सामाजिक अभियान्ता अधिकारकर्मि शात्तलाल मुल्मी द्वारा लिखित पुस्तकको  विमोचन कयिक्रमका प्रमुख अतिथि एनआरएन  अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ एनआरएन आइसिसि का संरक्षक एवं सामाजिक अभियान्ता इन्द्रा वन वरिष्ठ समाजसेवि नारायण प्रधान   लेखक एवं कार्यक्रमका  विशिष्ठ अतिथि  शान्तालाल मुल्मिबाट संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको थियो l रुपन्देहि सामाजिक संजाल रुपन्देहि अस्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल को अध्यक्षता ,महासचिव रन्जिता भण्डारीको संचालन र आरएसएनका कला संस्कृत्ति एवं साहित्यिक संयोजक सुचना पाण्डे को स्वागत मन्तव्य बाट शुरु भएको सो कार्यक्रममा पुस्तक लेखक मुल्मीको प्रस्तुति पछि टिप्पणीकार दवय क्रमश त्रिभुवन बिश्वबिध्यालय किर्तिपुरमा उप-प्राध्यापक नाटक लेखन तथा साहित्यिक समालोचक The University of Sydney मा PhD अध्यता तथा प्राध्यापन जिवनाथ लम्साल,साहित्यकार एवं सर्जक सुरेन्द्र दवाडी ज्यू ले टिप्पणी गर्नु भएको थियो।सो कार्यक्रममा गैर आवसीय नेपालि संघ अव्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ नेपालि कला  संस्कृत्ति तथा साहित्यिक प्रतिष्ठान का पूर्व अध्यक्ष एवं एनआएएन ओसियानका पूर्व महिला कोडिनेटर जानकि पौडेल अनेसास अष्ट्रेलिया का अध्यक्ष ममता तिवारी एवं एन आरएन आइसिसि का संरक्षक इन्द्रा वन लगायत का ले  पुस्तकको बारेमा आफ्नो धारणा राख्दै शुभकामता व्यक्त गर्नु भएको थियो  

सो कार्यक्रममा साहित्यिकार,गजलकार सर्जक एवं कलाकार र समुदायका बिभिन्न सामाजिक अगुवा एवं पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा गैरसरकारी संस्था महांसघका नेपालका पूर्व केन्द्रिय सदस्य एवं मानवअधिकारकर्मि केशव प्रसाद रेग्मी, झापाली समाज अस्ट्रेलियका अध्यक्ष निराजन प्रसाई,आरएसएनका सल्लाहाकार द्वव डा. प्रकाश पौडेल ,चुन्ना क्षेत्रि, महिला अधिकार कर्मि शान्ति मान्नधर,एभरेष्ट टि.भि. इडिटर  प्रमुख एवं CEO विजन्नेस विज् का निर्देशक तिर्थ खतिवडा,एभरेष्ट कमियुनिकेशन का प्रोपराइटर एवं समाजसेवि युवराज भहराई इन्जिनिएर सुरेन्द्र धिताल लगायतकाको सहभागिता रहेको थियो सो कार्यक्रममा अतिथि उपस्थिति सबैमा आफ्नो कला र गला को मार्फत आएसएनए का कला संस्कृति एवं साहित्यिक समन्वय समितिका उप संयोजक प्रदिप खनाल र कलाकार बिन्दु पौडेल ले मनोरञ्जन प्रदान गराउनु भएको थियो । कार्यक्रम सफल पार्न श्रुर्ति मुल्मी, सचिन ,एभरेष्ट तन्दुरीका प्रोपराइट लक्ष्मी सापकोटा, रवि कडेल,युवराज  भहराई, दिल खड्का, विशालभण्डारी ,ज्योति खड्का लगायतका व्यक्तित्वहरुले कार्यक्रम सम्पन्न गर्न सहयोग पुऱ्याउनु भएको थियो l

यो पुस्तक उहाँले हाल सम्म गर्नुभएको आफ्नो जिवनको ७८ वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गरिएको थियो l

प्रमुख अतिथि नन्दु गुरुङले आफ्नो मन्तव्य राख्दै  रुपन्देहि सामाजिक संजाल ले स्थापना देखि नै  समुदायमा महत्वपूर्ण काम गर्दै आएको  र कला संस्कृति र साहित्यलाई पनि जगेर्ना गर्न कार्य गरेकोमा खुशि व्यक्त गर्दै एनआएनए पनि RSNA सँग सहकार्य गरेर अगि बढ्ने धारणा व्यक्त गर्दै “म भित्रको  म” पुस्तकको कार्यको प्रशंशा गर्नु भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर