अस्ट्रेलियाका महान क्रिकेटर एन्ड्रयू सायमन्ड्सको ४६ वर्षकै उमेरमा कार दुर्घटनामा निधन

अस्ट्रेलियाका महान क्रिकेटर एन्ड्रयू सायमन्ड्सको ४६ वर्षकै उमेरमा कार दुर्घटनामा निधन
नेपालआईज
१ जेठ २०७९ ०:५३

सिड्नी । अष्ट्रेलियाका महान क्रिकेटर एन्ड्रयू सायमन्ड्सको ४६ वर्षकै उमेरमा निधन भएको छ । पूर्व अष्ट्रेलियन क्रिकेटर सायमन्ड्स शनिबार राति क्वीन्सल्यान्डको टाउन्सभिल्लास्थित हार्भी रेन्जमा भएको कार दुर्घटनामा मृत्यु भएको हो ।

सायमन्ड्सको कार राति ११ बजे दुर्घटनाग्रस्त भएपछि प्रहरीले उनलाई बचाउने प्रयास गरेपनि त्यो सफल हुन सकेन् । तर चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।


पूर्व अष्ट्रेलियन क्रिकेटर एडम गिलक्रिस्टले सायमन्ड्सको निधनले आफूलाई चोट पुगेको बताए ।
सायमन्ड्सले अष्ट्रेलियाका लागि सन् २००४ देखि २००८ सम्म २६ टेष्ट खेलेका थिए । उनले १ सय ९८ एकदिवसीय तथा १४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय समेत खेले ।


सायमन्ड्सले सन् २००३ र २००७ मा अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाउन मूख्य भूमिका निर्वाह गरेका थिए ।

यस वर्ष अष्ट्रेलिया क्रिकेटले अर्का महान क्रिकेटरहरु रोड मार्स र शेन वार्नेलाई गुमाएको छ । उनीहरुको गत मार्च महिनामा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर