होबार्ट । नेप्लिज तास्मानिया स्पोर्टस एसोसिएसन (एनटीएसए) ले होबार्टमा एनटीएसए फुटसल च्याम्पियनसिप २०२२ आयोजना गर्ने भएको छ ।
च्याम्पियनसिप मे २८ मा होबार्टको मुनाह स्पोर्टस सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा ११ टिमको सहभागिता रहने र विजेताले १ हजार डलर र उपविजेता लाई ५ सय डलरको पुरस्कार राखिएको एनटीएसएका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।
फेयर प्ले टिम, उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षक सम्मले १ सय डलर प्राप्त गर्नेछन् ।
ग्लोबल मार्क एजुकेशन एन्ड भिसा सर्भिसेज च्याम्पियनसिपको मुख्य प्रायोजक हो भने द चोक र एस स्टडी वर्ल्ड गोल्ड स्पोन्सर हुन् । सिल्भर स्पन्सरमा मुनलाइट सुपर मार्केट होबार्ट तथा अवार्ड स्पोन्सर माभेन कन्सल्टिङ एन्ड अबसोल्यूट माइग्रेसन सर्भिसेज हुन् ।
यसैबिच, महिला फुटसल कपमा दुई टिमको सहभागिता रहने भएको छ । कर्पोरेट कपमा पनि दुई टिमको सहभागिता रहने (एनटीएसए) ले जनाएको छ ।