किन भयो, सिड्नीमा क्याफेका कर्मचारी सुमन धिताल माथि तातो कफी आक्रमण ? 

किन भयो, सिड्नीमा क्याफेका कर्मचारी सुमन धिताल माथि तातो कफी आक्रमण ? 
नेपालआईज
२७ जेठ २०७९ ११:१२

सिड्नी । रोजहिल स्थित सोल बाउल क्याफेमा  कफी  दिँदै गरेका क्याफेका कर्मचारी सुमन धिताल माथि  एक जना ग्राहकले  तातो कफी प्रहार गरेका छन् । 

क्याफेका मालिक लिली सेमानका अनुसार  एक जना ग्राहकले  अर्की एक  युवतीको कफीको लागि पैसा तिर्ने भन्दै जिद्दी गरे पनि युवतीले अस्वीकार गरेकी थिइन् । ‘हाम्रा कर्मचारी  युवतीको चाहनालाई सम्मान गरिरहेका थिए जसका कारण उनलाई दुर्व्यवहार र गाली गरियो । ती ग्राहकले  दुई वटा कफी समात्दै  मेरो कर्मचारीमाथि  तातो कफी  प्रहार गरे,’  क्याफे सञ्चालकले भनिन् । सेमानाले घटनामा संलग्न दोषीको पहिचान होस भन्ने उद्देश्यले उक्त घटनाको सिसिटिभी भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

सुमन धितालले क्याफेमा यस्तो व्यवहार यसअघि कहिल्यै अनुभव नगरेको  स्थानीय  नाइन न्युजलाई बताए ।  ‘मैले कफी राम्रो बनाउन खोजेको थिएँ, तर उसले मलाई   गाली गर्‍यो र मै माथि कफी प्रहार गर्‍यो ,’ धितालले भने ।

यसैबिच प्रहरीले उक्त घटनामा संलग्न भएका व्यक्तिको खोजी जारी राखेको छ । घटना लगतै प्रहरी आए पनि उनी त्यहाँबाट फरार भएको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्ष तथा कालो कपाल र दाह्री भएको उक्त व्यक्तिले सेतो र खैरो जम्पर लगाएका थिए ।  

प्रहरीले उनलाई देखेका वा जानकारी भएकाहरूसँग सहयोगका लागि आह्वान गरेको छ । प्रहरीले त्यसका लागि ग्रानभिल प्रहरी स्टेसन अथवा क्राइम स्टपर्स १८००, ३३३,००० मा सम्पर्क गर्न वा वेबसाइटमार्फत जानकारी गराउन आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर