सिड्नीमा क्याफे कर्मचारीमाथि  तातो कफी प्रहार गर्ने युवा प्रहरीको सम्पर्कमा आए  

सिड्नीमा क्याफे कर्मचारीमाथि  तातो कफी प्रहार गर्ने युवा प्रहरीको सम्पर्कमा आए  
नेपालआईज
२९ जेठ २०७९ ७:२०

सिड्नी । न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार पश्चिम  सिड्नीको एक क्याफेका कर्मचारीलाई तातो कफी प्रहार गर्नै ३१ वर्षीय युवा प्रहरीको सम्पर्कमा आएका छन् ।  प्रहरीले  घटना लगतै  उनलाई पक्राउ गर्न सार्वजनिक अपिल गरेको थियो । 

उनलाई गत बिहीबार  सिड्नीको पश्चिममा एक क्याफे कर्मचारीलाई  आक्रमणको आरोप लगाइएको छ। बिहीबार जुन ९ तारिख बिहान ११ बजे पछि  ओक स्ट्रिट, रोज हिलको सुपर मार्केटको कार पार्कमा रहेको क्याफेमा  प्रहरी  बोलाएको थियो ।  घटना लगतै  कम्बरल्याण्ड पुलिस एरिया कमान्डका अधिकारीहरू घटना स्थलमा  पुग्नु अघि नै  ग्राहक फरार भएका थिए ।  उक्त घटना क्याफेका कर्मचारीले सामाजिक सञ्जालमा पोस्ट गरेको सिसिटिभीमा कैद भएको थियो ।

 उनलाई पक्रन प्रहरीले सार्वजनिक अपिल गरेपछि,  ३१  वर्षीय ती  ग्राहक  शुक्रवार दश जुन करिब ६:३० बजे ग्रानभिल पुलिस स्टेसनमा उपस्थित भए पछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।  उनलाई अदालतमा हाजिरी सूचना जारी गरिएको छ र मङ्गलवार २६ जुलाईमा  पारामाट्टा स्थानीय अदालतमा उनी  उपस्थित हुनेछन् । 

यो पनि पढ्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर