‘अगष्ट २० मा सिड्नीमा रुपन्देही सामाजिक सञ्जालको ‘तीज धमाका’

‘अगष्ट २० मा सिड्नीमा रुपन्देही सामाजिक सञ्जालको ‘तीज धमाका’
नेपालआईज
१३ साउन २०७९ १२:०८

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल  अस्ट्रेलियाले   नेपालका अनाथ तथा असहाय र फरक क्षमता भएका बालबालिकाहरूको सहयोगार्थ   सिड्नीमा  ‘तीज  धमाका’ कार्यक्रम गर्ने भएको छ ।  हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगष्ट २० तारिखमा इन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा कार्यक्रमको आयोजना गरिएको छ । असहाय बालबालिकाहरूको सहयोग गर्ने र आफ्नो मातृभूमि छाडेर परदेशमा रहेका दिदी बहिनीहरूलाई जमघट गराई मौलिक तीजको झल्को दिने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए ।

“नेपाली कला संस्कृति र मौलिक हरितालिका तीजको महत्त्व झल्काउने गरी कार्यक्रम आयोजना गरिएको छ  नेपाल आईजसगंको कुराकानीमा पोखरेलले भने मनोरञ्जनात्मकता कार्यक्रम सामाजिक सेवासगं पनि जोडिएको छ । उनले थपे नेपाल देखि कलाकार बोलाएर  गरिने साङ्गीतिक कार्यक्रमहरूबाट मातृभूमिको लागि सहयोग मिलोस् । ” तीज धमाकामा नेपालका बहुचर्चित कलाकारहरू शान्ति श्री परियार र खुमन अधिकारीले सागींतिक प्रस्तुति दिनेछन् ।

पछिल्लो समय सामाजिक संरचना र सामाजिक रूपान्तरण तथा नेपाली लोक दोहोरी क्षेत्रमा एक अब्बल र स्थापित कलाकारको रूपमा पहिचान बनाएकी शान्ति श्री परियार र खुमन अधिकारीले नेपालको सांस्कृति पर्व तीजको नेपालको झल्को मेटाउने गरी प्रस्तुति दिने सञ्जालकी नेपाली कला साहित्य तथा संस्कृति संयोजक सूचना पाण्डेले जानकारी दिइन् ।  कार्यक्रम विशुद्ध सामाजिक कार्यकाललागि आयोजना गरिएको र बालबालिकाको सहयोगार्थ च्यारिटी कार्यक्रम समेत रहेकाले विभिन्न पेसा व्यवसाय,अगुवा तथा सम्पूणर् नेपालीहरूलाई उपस्थितिका लागि अध्यक्ष पोखरेलले अनुरोध गरेका छन् ।

अजि फाइनान्स एण्ड होम लोनको मुख्य प्रायोजक रहेको कार्यक्रमलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस,मल्टि डायनामिक रियल स्टेट,ल्याण्ड एण्ड लिज रियल स्टेट,किगंस्फोर्ड एजुकेसन कन्सल्टेन्सी,आइकोनिक एजुकेसन ग्रुप, एभरेस्ट ट्राभल्स एण्ड टुर्स र सनराईज मिट एण्ड ग्रोसोरिस लगायतका अन्य दर्जनौँ विभिन्न व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका छन् ।

रुपन्देही स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरूको साझा संस्था रुपन्देही सामाजिक सञ्जालले असहाय अपागं तथा गरिब र विपन्नलाई सहयोग गर्दै आइरहेको छ । विगत ६ वर्षदेखि क्रियाशील संस्थाले कोरोना महामारी,विनाशकारी महाभूकम्पको बेलामा नेपाल लगायत गृह जिल्लामा थुप्रै राहत तथा परोपकारी गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर