Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलिया याक्थुङ चुम्लुङको अध्यक्षमा शशि सुब्बा लिम्बु पुनः निर्वाचित
नेपालआईज
३० साउन २०७९ १:२६
सिड्नी । अस्ट्रेलिया याक्थुङ चुम्लुङको अध्यक्षमा शशी सुब्बा लिम्बु पुनः निर्वाचित भएकी छन् । अस्ट्रेलियाको सिड्नीमा नेपाली आदिवासी जनजाति संस्था किरात याक्थुम चुम्लुङको नवौँ वार्षिक साधारण सभाबाट शशि सुब्बा लिम्बुको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
उपाध्यक्ष द्वयमा चित्र तुम्बाहाम्फे र विनोद सेरेङ रहेका छन भने महासचिवमा मनुराज निङ्लेकु निर्वाचित भएका हुन् । साथै सचिव राम सम्बाहाङ्फे, कोषाध्यक्ष सुस्मा सुब्बा, सह कोषाध्यक्ष धन थेबे रहेका छन भने सदस्यहरूमा भगत लिम्बू , डिना नेम्बाङ, ,लोकेन्द्र इङ्नाम, झरेन्द्र लिम्बू , भिमराज लिम्बू,हेमचन्द्र लिम्बू,लक्ष्मि आङ्बुहाङ,सुवाश निङ्लेकु रहेका छन् ।
अस्ट्रेलिया याक्थुङ चुम्लुङको सांस्कृतिक समूहमा सीता चेम्जङ, अनिता फोम्बो,उपेन्द्र चेम्जोङ,आशिष आङ्देम्बे,सबिना लिम्बू,मिक्सेमी सम्बाहाङ्फे,मिना मादेन,भुमी कन्दङ्वा,मुना लिम्बूले जिम्मेवारी पाएका छन् । बन्दशत्र पश्चात् नव निर्वाचित पदाधिकारीलाइ गुठी अष्ट्रेलियाका अध्यक्ष उमेश नापित, तामाङ समाजका अध्यक्ष सुनदोर्जे तामाङ, किरात खम्बु राइ समाजका उपाध्यक्ष रितेश राइ र मगर समाजका प्रतिनिधिले वधाइ तथा शुभकामना दिएका थिए ।
२८ औ विश्व आदिवासी दिवस २०२२ को अवसरमा निन्फाका कार्यक्रममा सहभागी हुन आएका चर्चित गायिका मनु नेम्वाङले विशेष अतिथिको रूपमा बोल्दै आउने दिनमा किरात याक्थुम चुमलुङले छिट्टै आफ्नै समुदायीक भवन निर्माणका लागि शुभकामना दिएकी थिइन । प्रमुख अतिथि, नेपाली आदिवासी जनजाति मन्चका अध्यक्ष अरुण तामाङले वधाइ तथा शुभकामना दिँदै अरू नेपाली संघसंस्थाले पनि चुम्लुङबाट समावेशिताको पाठ सिक्नुपर्ने बताए। ‘जब नेपाली संघस्थाको साधारण सभा हुन्छ तब महिलाको सहभागीमा खडेरि देखिन्छ तर किरात याक्थुम चुमलुङमा ५० प्रतिशत भन्दा बढी देखेर आफू अति नै प्रभावित भए अरुण तामाङले भने ।’
सिनियर सिटिजन हल रक्डेलमा सम्पन्न भएको कार्यक्रममा लिम्बु समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सहायक कोषाध्यक्ष धन थेवेले आर्थिक विवरण पेस गरेका थिए भने महासचिव मनुराज निग्लेखुले सस्थाको प्रतिवेदन सार्वजनिक गरेका थिए । उपाध्यक्ष चित्र बहादुर तुम्बाहाम्फेले निमान्त्रित पाहुनाहरलाई स्वागत गरेका थिए ।