प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशव जोशी निर्वाचित, एमाले विदेश विभाग प्रमुख भन्छन्- नागरिकता विधेयक पुरै मान्न सकिन्न

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशव जोशी निर्वाचित, एमाले विदेश विभाग प्रमुख भन्छन्- नागरिकता विधेयक पुरै मान्न सकिन्न
नेपालआईज
१४ भदौ २०७९ १३:३६

सिड्नी ।  एमालेको प्रवासी सङ्गठन  प्रवासी नेपाली मञ्च (ओएनएफ) अस्ट्रेलियाको अध्यक्षमा पुनः केशव जोशी निर्वाचित भएका छन् ।  सिड्नीमा गत आइतबार सम्पन्न   ओएनएफको  पाँचौँ अधिवेशनले  जोशीलाई पुन:अध्यक्षमा निर्विरोध निर्वाचित  गरेको हो ।  अधिवेशनबाट  अध्यक्ष सहित  ३५ जनाको  नयाँ कमिटी  चयन  चयन भएको छ । 

 ओएनफ अस्ट्रेलियाको नयाँ कमिटीको उपाध्यक्षहरूमा  चीन बहादुर नेपाली,  बालगोपाल उपाध्याय  र राम घिमिरे चयन भएका छन  भने  सचिव प्रकाश पन्थी, सहसचिवहरू असिम कोइराला, होमनाथ निरौला, हेमराज खनाल  रहेका छन् । 

 आर्थिक विभाग प्रमुखमा दीपक पहारी छन् । त्यस्तैगरी सदस्यहरुमा  सिता थापा, नरवीर नेम्वांग, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भण्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुयाँल, भुवन पाण्डे, कृष्ण सापकोटा, रमेश पाण्डे, मुगेन गौतम, द्रोण पन्त, संदिप पोखरेल, तेजेन्द्र विक्रम मल्ल रहेका छन् । 

अस्ट्रेलियामा एमाले विदेश विभाग प्रमुख राजन  भट्टराईले के भने ? 

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले विदेश विभाग प्रमुख  डा  राजन भट्टराईले नागरिकता विधेयकमा प्रवासी नेपालीहरूको सम्बन्धमा गरेको व्यवस्थाको पक्षमा एमाले रहेको तर  विदेशी महिलाहरूले नागरिकता दिने र स्वघोषणा सम्बन्धी व्यवस्था माथि फरक मत रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर