Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा आयोजना हुने पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल पुग्यो
नेपालआईज
१५ भदौ २०७९ ११:५७
नेपाल । अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल पुगेको छ । बुधबार भक्तपुरमा प्रदर्शन गरिएको गरिएको थियो ।
भक्तपुरमा सांस्कृति बाजा र लाखे नृत्यसहित नगर परिक्रमा गराइएको ट्रफीलाई बिहीवार सर्वोच्च शिखर सगरमाथाको फेदमा रहेको गोक्यो तालमा ट्रफी प्रदर्शनी गरिने नेपाल क्रिकेट संघले जनाएको छ। क्रिकेट विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो।
ट्रफी मंगलबार (हिजो) सोलुखुम्बुको गोक्यो ताल र कालापत्थरमा राखिएको थियो । त्यसपछि काठमाडौंको चन्द्रागिरिमा पुर्याइएको थियो । यसअघि सन् २०१९ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।
ट्रफी टुर अन्तर्गत नेपालमा रहेको ट्रफी बुधबार दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटार लगिएको थियो। ट्रफीसँग प्रधानमन्त्री शेरबहादुर देउवा फोटो खिचाएका थिए ।