Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाद्वारा टी–ट्वान्टी विश्वकपमा खेल्ने खेलाडीको नाम घोषणा
नेपालआईज
१७ भदौ २०७९ १२:५७
अस्ट्रेलिया । साविक विजेता अष्ट्रेलियाले अक्टोबरबाट हुने टी–ट्वान्टी विश्वकपको लागि खेलाडी घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि उसले टिम डेविडलाई पहिलो पटक स्थान दिँदै टिम घोषणा गरेको हो । विश्वकपका लागि तयार पारिएको अष्ट्रेलियन टोलीमा गत संस्करणको उपाधि जित्दाको खेलाडीहरु नै छ ।
एक जना खेलाडी मिचेल स्वीपसनको स्थानमा टिमडेविडलाइृ मौका दिइएको छ । घरेलु टोली अष्ट्रेलियाले २२ अक्टोबरमा न्युजिल्यान्डसँग पहिलो खेल खेल्दै विश्वकपको सुरुवात गर्नेछ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने विश्वकपको फाइनल खेल नोवेम्बर १३ हुनेछ । अष्ट्रेलिया सुपर १२ को समूह १ मा छ । अष्ट्रेलिया, अफगानिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड र पहिलो चरणबाट आउने दुई टोली हुनेछन् । शीर्ष दुईमा पर्न सके सेमिफाइनल खेल्नेछ ।
यस वर्षको अक्टोबर १६ मा छनोट सुरु हुनेछ र दुई समूहमा विभाजन गरी कुल ८ टोलीले लिग चरणको अन्तिम टी–२० स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरण अक्टोबर २३ बाट सुरु हुनेछ र फाइनल नोभेम्बर १३ मा हुनेछ ।