सन्दीप  लुसिया पुगे,  केन्या गएको नेपाली राष्ट्रिय क्रिकेट टोली  स्वदेश फर्कियो 

सन्दीप  लुसिया पुगे,  केन्या गएको नेपाली राष्ट्रिय क्रिकेट टोली  स्वदेश फर्कियो 
नेपालआईज
२२ भदौ २०७९ १२:२५

 केन्या गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बुधवार स्वदेश फर्किएको छ। ५ खेलको टी— २० सिरिज र ३ खेलको एक दिवसीय सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली ट्रफीसहित आज बुधवार बिहान काठमाडौँ आएको हो। तर,  सन्दीप हाल क्यारेबियन प्रिमियर लिग सिपिएल खेल्न क्यारेबियन मुलुक सेन्ट लुसिया पुगेका छन्। उनी आबद्ध जमैकाले भोलि बिहीबार बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ। अक्टोबर १ सम्म चल्ने सीपीएलमा सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा रहेकोछ। 

केन्याविरूद्धको नेपालले ५ खेलको टी— २० सिरिज ३—२ ले जितेको थियो । यस्तै तीन खेलको एक दिवसीय सिरिज भने नेपालले ‘क्लिनस्विप’ गरेको थियो। टोली फर्किए पनि कप्तान सन्दीप लामिछाने भने फर्किएका छैनन् । 

यो समाचार हाम्रो मिडिया न्युज अखवारबाट लिएको हो – सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर