सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले गत महिना सिड्नीमा ‘अनाथ अपाङ्ग बालबालिकाहरूको सहयोगार्थ’ आयोजना गरिएको तिज धमाका कार्यक्रमको हिसाब किताब सार्वजनिक गरेको छ । सञ्जालको हालै सम्पन्न पदाधिकारीहरूको बैठकले उक्त कार्यक्रमबाट खर्च कटाएर ८१९३.63 बचत भएको जनाएको छ । सञ्जालका अध्यक्ष मुक्तिराज पोख्रेलका अनुसार उठेको रकम जिल्लाका स्थानीय तहसँग समन्वयन गरी लक्षित वर्गसम्म पुर्याइने छ । सो परोपकारी काममा सहयोग गर्न सिड्नीका तीन दर्जन भन्दा बढी व्यावसायिक संस्थाहरू सामाजिक व्यक्तित्व एवं समस्त नेपाली समुदायबाट सहयोग पर्याप्त भएको थियो सो कार्यक्रम समुदायहरू उत्साहित देखिएको भन्दै RSNA का कल्चर कोर्डिनेटर सूचना पाण्डेले अस्ट्रेलियामा हुने सांस्कृतिक कार्यक्रमहरू मनोरञ्जनात्मक मात्र नभएर परोपकारी पनि हुनुपर्ने बताए ।
सन् २०१५ मा स्थापना भएको सञ्जालले हाल सम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरूलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा फरक क्षमता भएका व्यक्तिहरूलाई सहयोग, अस्पतालमा एवं स्वास्थ्य चौ किमा स्वास्थ्य सामग्री प्रदान , गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रा वृत्ति प्रदान,कला र संस्कृति को जगेर्ना एवं प्रवर्द्धन जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ। समाजले विभिन्न समयमा गर्दै आएको सामाजिक कार्यलाई निरन्तरता दिँदै यस वर्षको तिज पर्वका अवसरमा गरेको तिज धमाका नाइट २०२२ का अवसरमा प्राप्त रकमबाट कार्यक्रम पश्चात् जम्मा भएको रकम रुपन्देहीका अनाथ तथा अपाङ्ग र असहाय बालबालिकाका लागि प्रदान गरिने सञ्जालका अध्यक्ष मुक्तिराम पोख्रेलले जानकारी दिए । पोख्रेलले समाजले विगतमा पनि रुपन्देहीमा विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको स्मरण गर्दै बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुगोस् भन्ने हेतुले बचत रकम ८१९३.६३ अस्ट्रेलियन डलर दुई चरणमा प्रदान गरी सहयोग पुऱ्याउने जानकारी दिए । । उक्त कार्यक्रम आयोजना गर्दा समाजलाई ३६७१५ अस्ट्रेलियन डलर प्राप्त भएकोमा २८५२१.३७ अस्ट्रेलियन डलर खर्च भएको थियो ।