१४ कात्तिक, २०७९, अष्ट्रेलिया: आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले आयरल्यान्डमाथि ४२ रनको जित निकालेको छ । सोमबार ब्रिसवेनमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै दिएको १८० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.१ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनायो ।
आयरल्यान्डका लागि लोर्कान टुकेरले ७१ रनको अकर्षक अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ग्राथ डेलानीले १४ रनको योगदान दिए । अष्ट्रेलियाका लागि प्याट कमिन्स, ग्लेन म्याक्सवेल, मिचेल स्ट्राक र एडम जाम्पाले समान दुई–दुई विकेट लिए ।
यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रनको लक्ष्य दिएको थियो। अष्ट्रेलियाका लागि एरोन फिन्चले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै मार्कुस स्टोइनिसले ३५ रन बनाए भने मिचेल स्ट्रार्कले २८ रन जोडे । यो जितसँगै अष्ट्रेलियाले तीन चार खेलबाट ५ अंक जोडेर आफूलाई दोस्रो स्थानमा उभ्याएको छ। पराजित आयरल्यान्ड भने ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।