छत्र शकर
सिड्नीको बरुड पार्कमा बिहान ११ बजे देखि सुरु भएको कल्चर परेडमा विभिन्न जातजाति भाषा संस्कृतिको पहिचान झल्कने गरी सहभागीहरू परेडमा देखिन्थे ।
परेडमा विभिन्न झाँकी, लाखे नाच, पञ्चकन्या, शिव, पार्वती, कुमारी रथ यात्रा, पञ्चे बाजा सहित परेडको सुरुवात भएको थियो । बिहान ११ बजे बरूड पार्क आसपासको क्षेत्र परिक्रममा गरी परेड महोत्सवमा परिणत भएको छ ।
नेपाली कला संस्कृति बरुड आसपासका क्षेत्रमा स्थानीयवासीले देख्दा स्वागत गरेका थिए । अस्ट्रेलियाभरका नेपालीहरू परेडमा सहभागी भएर अस्ट्रेलिया नेपाली कला संस्कृतिहरू चिनाइ रहँदा परेडमा सहभागीहरूको उत्साहित भएका थिए ।
अस्ट्रेलियामा नेपाल खोजिरहेका नेपालीहरू आज एकै ठाउँमा भेला भएर नेपालकै झल्को दिने गरी नेपाल महोत्सव सिड्नी मनाउदैछन् ।