काठमाडौं । फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । उसले आइतबार हुने फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्ने भएको छ ।
बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पराजित गरेको थियो ।
मोरक्कोविरुद्ध फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र रान्डल कोलो मुआनीले एक-एक गोल गरे । थियोले ५ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । रान्डलले ७९ औँ मिनेटमा फ्रान्सको अग्रता दोब्बर बनाए । क्रोएसिया र मोरक्कोले शनिबार तेस्रो स्थानका लागि खेल्ने भएका छन् ।