मोरक्कोलाई हराउँदै क्रोएसिया कतार विश्वकपमा तेस्रो 

मोरक्कोलाई हराउँदै क्रोएसिया कतार विश्वकपमा तेस्रो 
नेपालआईज
२ पुष २०७९ १९:४२

काठमाडौं ।   मोरक्कोलाई पराजित गर्दै क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । शनिबार राति भएको तेस्रो स्थानको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

क्रोएसियाको जितमा जोस्को ग्भार्डियोल र मिसलाभ ओरसिकले एक-एक गोल गरे । मोरक्कोका लागि अचरफ डारीले एक गोल फर्काए । जोस्कोले सातौँ मिनेटमा गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । मोरक्कोका अचरफले नवौँ मिनेटमै गोल फर्काउदै खेललाई बराबरी अवस्थामा पुर्‍याए । तर मिसलाभले ४२ औँ मिनेटमा गरेको गोलसँगै क्रोएसियाले तेस्रो स्थान हात पार्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर