अस्ट्रेलियामा सामसङ मोबाईल प्रयोगकर्ताले फोटो तथा फोन नम्बरहरु गुमाउन सक्ने

अस्ट्रेलियामा सामसङ मोबाईल प्रयोगकर्ताले फोटो तथा फोन नम्बरहरु गुमाउन सक्ने
नेपालआईज
२१ पुष २०७९ १४:२२


सिडनी। अस्ट्रेलियामा सामसङ मोबाइल फोन प्रयोगकर्ता हजारौले आफ्नो महत्वपूर्ण फोटो तथा फोन नम्बरहरु गुमाउने अवस्थामा पुगेका छन् ।
भर्खरैको सफ्टवेयर अपडेटले विभिन्न फोन मोडेलहरू क्र्यास हुनुका साथै अधिकांशको फोनको स्क्रिन खाली देखिएपछि सामसङका हजारौ प्रयोगकर्ताहरूले बहुमूल्य फोटोहरू र महत्त्वपूर्ण फोन नम्बरहरु गुमाउने अवस्थामा पुगेका छन् ।
सर्भिस सेन्टरहरुले भने मोबाइलको पूर्ण फ्याक्ट्री रिसेट गर्नुपर्ने बताइरहेका छन् । यसको अर्थ ब्याकअपमा नरहेका फोटो, फोन नम्बर, एप तथा तथ्यांकहरु डिलिट हुनेछन् ।
यी समस्या एक हप्ता भन्दा लामो समयदेखि देखिएपनि फोन अपडेटका लागि नोटिफिकेसन भने आइनै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर