सिड्नीमा गोरखाका रुपक थापा मृत अवस्थामा भेटिए, शव नेपाल पठाउन आर्थिक संकलन गरिदै

सिड्नीमा  गोरखाका रुपक थापा मृत  अवस्थामा भेटिए, शव नेपाल पठाउन आर्थिक संकलन गरिदै
नेपालआईज
९ माघ २०७९ १२:१७

सिड्नी । सिड्नीमा एक जना नेपाली मृत अवस्थामा प्रहरीले फेला पारेको छ । नेपालीहरूको बाक्लो  बस्ती क्षेत्र वलाईग्रीकमा  रूपक थापा मृत अवस्थामा भेटिएका थिए। परिवारका सदस्य सहित प्रहरीले वलाई ग्रीक नजिकको खोल्सामा उनको शव  फेला पारेको थियो। उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

सिड्नी स्थित पारिवारिक स्रोतका अनुसार परिवारका जेठो सन्तान रूपक सन् २००९ मा अध्ययनको सिलसिलामा अस्ट्रेलिया आएका थिए । गोरखाका रूपक अस्ट्रेलिया आएको १४ वर्ष भएको थियो ।

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियासँग समन्वयन गरी उनको पार्थिव शरीर नेपाल पठाउन परिवारले गोफल्डमी मार्फत सहयोग संकल अभियान सुरु गरेको छ । यो दुःखको घडीमा तपाइले पनि यो लिङ्कमा गएर सहयोग गर्न सक्नु हुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर