अस्ट्रेलियन क्रिकेट टिमका ब्याट्सम्यान स्टेभेनले जिते अलन बोर्डर मेडल

अस्ट्रेलियन क्रिकेट टिमका ब्याट्सम्यान स्टेभेनले जिते अलन बोर्डर मेडल
नेपालआईज
१६ माघ २०७९ १२:०९

एजेन्सी । अस्ट्रेलियन क्रिकेट टिमका ब्याट्सम्यान स्टेभेन स्मिथले सन् २०२३ को अलन बोर्डर मेडल जितेका छन् । स्मिथले चौथो पटक अलन बोर्डर मेडल प्राप्त गरेको हुन् । उनले यसअघि २०१५, २०१८ र २०२१ मा पनि सो मेडल प्राप्त गरेका थिए । चार पटक अलन बोर्डर मेडल जित्ने उनी तेस्रो अस्ट्रेलियन क्रिकेटर हुन् । रिक्की पोन्टिङ र माइकल क्लार्कले मात्र चार पटक अलन बोर्डर मेडल पाएका छन् । स्मिथले मतका आधारमा ट्राभिस हेड र डेविड वार्नरलाई पछि पार्दै सो मेडल जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर