राष्ट्रिय खेलाडी विशाल पनि अस्ट्रेलियातर्फ प्रस्थान

राष्ट्रिय खेलाडी विशाल पनि अस्ट्रेलियातर्फ प्रस्थान
नेपालआईज
२० माघ २०७९ ९:४७

नेपाल । नेपालका राष्ट्रिय खेलाडीहरू अस्ट्रेलिया जाने क्रम अझै रोकिएको छैन । पछिल्लोपटक नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ गएका हुन् ।

राई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबबाट खेल्दै आएका थिए । उनलाई क्लबका व्यवस्थापक अनिल श्रेष्ठलगायतले बिदाइ गरेका छन् ।

नेपालका लागि ३३ खेल खेलेका राईले ५ अन्तर्राष्ट्रिय गोलसमेत गरिसकेका छन् । उनले सन् २०१५ मा राष्ट्रिय टिममा आबद्ध भएका थिए ।

राष्ट्रिय खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन अस्ट्रेलियालाई पहिलो रोजाइमा राखेका छन् । हालसम्म ३० भन्दाबढी खेलाडीले आफ्नो सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया गइसकेका छन् ।

खेलाडीहरू तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रन्जन विष्ट, नीतिन थापालगायत यसअघि नै अस्ट्रेलिया पुगिसकेका छन् । तेज, दिनेश, गौतम, रन्जन र नीतिनले नेपाललाई दक्षिण एसियाली खेलकुद प्रतियोगितिामा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

त्यस्तै, अभिषेक रिजाल, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, हेमन गुरुङ, सुमन अर्याल, शिव गुरुङ, आकाश बुढामगर, नवीन गुरुङ, रुमेश बर्ताैला, अमिर श्रेष्ठ, अमृत चौधरीलगायत खेलाडी पनि अस्ट्रेलिया पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर