भारत । भारतमा जारी चार खेलको टेस्ट सिरिजको पहिलो खेलमा अस्ट्रेलिया पराजित भएको छ । नागपुरमा शनिबार भएको खेलमा पाहुना टोली अस्ट्रेलियालाई भारतले एक इनिङ्स र १ सय ३२ रनले पराजित गरेको हो ।
पहिलो इनिङ्समै २ सय २३ रनले पछि परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा ९१ रन बनाएर सबै विकेट गुमायो । अस्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक २५ रन जोडे । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ७७ रनमै सबै विकेट गुमाएको थियो । अस्ट्रेलियाका मार्नस लाबुछानेले सर्वाधिक ४९ रन बनाएका थिए । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ५ विकेट लिए ।
भारतले भने पहिलो इनिङ्समा ४ सय रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले १ सय २० रनको योगदान गरे ।
अस्ट्रेलियाका लागि टेस्टमा डेब्यू गरेका टोडी मर्फीले ७ विकेट तथा प्याट कमिन्सले २ विकेट लिएका थिए ।