सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सत्संग एवम् भक्ति संगीत साक्षरता कार्यक्रम भएको छ । रकडेलस्थित झरना फुडसल सेन्टरमा रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलिया (आरएसएनए) ले यो कार्यक्रम गरेको हो ।
सकारात्मक सोचबाट मनलाई खुशी राख्ने उपाय, जीवन जिउने कला तथा उत्प्रेरणामूलक ज्ञान सिप प्राप्त गरी ईश्वरीय साक्षरता प्रदान गराउने उद्देश्यले सन्देशमूलक कार्यक्रम गरिएको हो ।
पण्डित प्रकाश ढोगरीको स्वस्ति वाचनबाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा व्यासचन्द्र भुवन गुरुले कर्मभूमिमा बसेर पनि जीवनलाई आवश्यक सुख, शान्ति र ईश्वरीयता कसरी प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानमूलक सन्देश प्रवाहका साथै सारगर्भित भक्ति संगीत कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा न्यू साउथ वेल्स अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काले यस्ता कार्यक्रमले नैतिक शिक्षा तथा ज्ञानगुणका कुरा प्राप्त भई जीवन जगतलाई बुझि हाम्रो सनातन धर्म, संस्कार संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तबलामा साथ दिएर कृष्ण सुवेदीले विशेष सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा राज खनाल, कृष्ण गैरे, ईश्वर पोखरेललगायतले समाजमा योगदान पु¥याउने एनआरएनए यूएसका पूर्वकोषाध्यक्ष एवं अनेसासका ट्रष्टी नेत्रबन्धु पोखरेल, एनएसडब्ल्यूका अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्का, पण्डित प्रकाश ढोगरी, सनातन समाज अष्ट्रेलियाका संरक्षक एवं फोकाका अध्यक्ष डा. कृष्ण हमाल, साहित्यिक प्रवक्ता विदुर सापकोटा, महिला सामाजिक अभियन्ता जानकी पौडेल, ज्याङ्गजी खरेल, पत्रकार नविन गौतमलगायतलाई खादा ओढाई सम्मान गरेका थिए ।
कार्यक्रमलाई नमस्ते ज्वेलर्स रकडेलका कृष्ण सुनार र वन वल्र्ड एजुकेशन एण्ड माईग्रेशनका ज्याङ्गजी खरेलले सञ्जालसँग सहकार्य गरी विशेष सहयोग पु¥याउनु भएको थियो ।
कार्यक्रममा सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, उपाध्यक्ष दिवाकर काफ्ले, महासचिव रंजिता भण्डारी, नेपाल अभिभावक संघ कोग्राका पदाधिकारी, रकडेलका अभिभावक समुदायका अगुवा लिडर संस्थाका सल्लाहकार पदाधिकारी सदस्य एवं भक्तजन तथा पत्रकारहरूको उपस्थिति थियो ।