अस्ट्रेलियाले जित्यो छैटौं पटक आईसीसी महिला टी-ट्वान्टी विश्वकपको उपाधि !

अस्ट्रेलियाले जित्यो छैटौं पटक आईसीसी महिला टी-ट्वान्टी विश्वकपको उपाधि  !
नेपालआईज
१५ फागुन २०७९ ३:५८



सिड्नी। अस्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको छ । आइतबार राति केप टाउनमा भएको फाइनलमा अस्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधि जितेको हो ।
अस्ट्रेलियाको यो छैटौं उपाधि समेत हो । त्यसैगरी यो लगातार तेस्रो उपाधि हो ।
जितका लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्र जोड्यो । लाउरा उलभार्टले सर्वाधिक ६१ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन जोड्यो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले अविजित ७४ रनको योगदान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर