चितवन समाज साउथ अस्ट्रेलियाको तदर्थ समिति गठन : संयोजकमा खगेन्द्र सापकोटा

चितवन समाज साउथ अस्ट्रेलियाको तदर्थ समिति गठन : संयोजकमा खगेन्द्र सापकोटा
नेपालआईज
११ चैत २०७९ ११:१४

एडिलेड  । चितवन जिल्ला स्थायी घर भई हाल साउथ अस्ट्रेलिया बसोबास गर्नुहुने नेपालीहरूको प्रथम भेलाबाट चितवन समाज साउथ अस्ट्रेलियाको तदर्थ समितिको संयोजकमा खगेन्द्र सापकोटा चयन हुनुभएको छ। शुक्रवार नवीन कँडेलको सभापतित्वमा सम्पन्न भेलाबाट १३ सदस्यीय तदर्थ कमिटी चयन भएको छ जसले आगामी ६ महिना भित्र अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति बनाउने छ ।

तदर्थ कमिटीले सोही समयावधि भित्र संस्थालाई साउथ अस्ट्रेलियामा आधिकारिक रूपमा सामाजिक संस्थाको रूपमा दर्ता गर्ने जिम्मेवारी पनि पाएको छ ।समितिको सदस्यहरूमा उत्तम अधिकारी, कृष्ण भट्टराई, अनुपचन्द्र सुवेदी, दीपक पौडेल, अच्युत धमला, कौशल उप्रेती, रोशन कँडेल, सुदर्शन उप्रेती, विष्णु चापागाईँ, कुसुम थपलिया, अनिता पौडेल र काजल गैरे रहनुभएको छ । एडिलेडनिवासी चितवन पृष्ठभूमि भएका नेपालीलाई एकत्रित गरी सामाजिक कार्यहरूमा योगदान पुर्‍याउने उद्देश्यले संस्थाको गठन गरिएको हो ।

समिति गठन कार्यमा नवीन कँडेल, प्रेम पाठक र आसिष वाग्लेले सहजीकरण गर्नुभएको थियो। उक्त कार्यक्रम कृष्ण भट्टराईले सञ्चालन गर्नुभएको थियो भने उत्तम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको