एडिलेड । दक्षिण अष्ट्रेलियामा एक डिस्याबिलिटी सपोर्ट वर्करलाई क्लाइन्टहरूको बैंक कार्ड प्रयोग गरेर पैसा चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएको छ।
पूर्व ओराना कर्मचारी ३४ वर्षीया जस्मिन काइली हडसनले आफ्ना छवटा क्लाइन्टको खाताबाट कुल ९,००० डलरभन्दा बढी रकम निकालेको स्वीकार गरेकी हुन्। उनले उनीहरूको बैंक कार्ड अनधिकृत रूपमा प्रयोग गरेकी थिइन्।
बेरी अदालतले हडसनलाई ११ महिनाको जेल सजाय सुनाएको छ, जसमा ५ महिना अनिवार्यरूपमा जेल बस्नुपर्नेछ भने बाँकी सजाय निलम्बन गरिएको छ।
घटना सार्वजनिक भएपछि Orana संस्थाले आफ्ना नीति तथा सुरक्षात्मक उपायहरू थप कडा बनाएको जनाएको छ, ताकि यस्ता चोरीका घटनाहरू दोहोरिन नदिन सकियोस्।
सामाजिक सेवामा कार्यरत वर्करबाटै यस्ता घटनाले सेवाग्राहीहरूको विश्वासमा गम्भीर आघात पुगेको छ।