अष्ट्रेलियामा कार चोर खोज्न हेलिकोप्टर प्रयोग! एडिलेडमा बिहानै टोयोटा युट चोरेर भाग्ने पक्राउ

अष्ट्रेलियामा कार चोर खोज्न हेलिकोप्टर प्रयोग! एडिलेडमा बिहानै टोयोटा युट चोरेर भाग्ने पक्राउ
नेपालआईज
२२ असार २०८२ २०:५८

साउथ अष्ट्रेलिया   | एडिलेडको  साउथ टेरेसमा आइतबार बिहान भएको कार चोरी घटनामा संलग्न एक व्यक्तिलाई प्रहरी हेलिकप्टरको सहयोगमा नाटकीय ढंगले पक्राउ गरिएको छ।

बिहान ८ बजेर १५ मिनेटमा डेलिभरीका क्रममा गाडी बाहिर निस्केका चालकको टोयोटा युट चोरेर एक अपरिचित व्यक्ति हत्त स्ट्रिटतर्फ भागेका थिए। प्रतिरोध गर्दा ती व्यक्तिले चालकलाई धकेलेर गाडी लिएर फरार भएको बताइएको छ। भाग्यले पीडितलाई कुनै चोटपटक भने लागेन।

गाडीमा रहेको जीपीएस ट्र्याकिङ प्रणालीको सहायताले गाडीको स्थान जानकारी गराएपछि प्रहरीको गस्ती टोली परिचालन गरिएको थियो। साथै, PolAir हेलिकप्टरमार्फत आकाशबाट निगरानी बढाइएको थियो।

हेलिकप्टरले गाडीलाई मेन साउथ रोड हुँदै म्याक्लारेन भ्याल तर्फ जाँदै गरेको पत्ता लगायो। फिल्ड स्ट्रिटमा गाडी रोकिएपछि चालकले भाग्ने प्रयास गरे पनि प्रहरी टोलीले तुरुन्त नियन्त्रणमा लिएको थियो। घटनास्थलमा क्राइम सीन अनुसन्धान टोलीले प्रमाण संकलन गरेपछि गाडी मालिकलाई फिर्ता दिइएको छ।

पक्राउ परेका ३७ वर्षीय घरबिहीन व्यक्तिमाथि अग्राभेटेड डकैती र गैरकानुनी सवारी प्रयोग को अभियोग लगाइएको छ। उनलाई धरौटी बिना हिरासतमा राखिएको छ र भोलि क्रिस्टिज बिच म्याजिस्ट्रेट कोर्टमा पेश गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको