अस्ट्रेलियाको न्यू साउथ वेल्सका जनस्वास्थ्यमा पाँच वर्ष काम गर्नेलाई १२ हजार डलरको छात्रवृत्ति

अस्ट्रेलियाको न्यू साउथ वेल्सका  जनस्वास्थ्यमा पाँच वर्ष काम गर्नेलाई  १२ हजार डलरको छात्रवृत्ति
नेपालआईज
२१ चैत २०७९ ७:३०

अस्ट्रेलिया । अस्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रका युवा डाक्टरहरूसँगै स्वास्थ्य सेवासम्बन्धी अध्ययनरत हजारौँ विद्यार्थीहरूले राज्यको जनस्वास्थ्य प्रणालीमा पाँच वर्षसम्म काम गर्ने प्रतिबद्धता जनाए १२ हजार डलरको छात्रवृत्तिका लागि योग्य हुने भएका छन् ।

स्वास्थ्य सेवा क्षेत्रबाट बाहिरिने युवा ग्राजुएट्सको संख्यालाई कम गर्ने लक्ष्यसहित न्यू साउथ वेल्स सरकारले प्रत्येक वर्ष २ हजार जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । यस कार्यक्रमले ८ सय ५० नर्स, ग्रामिण तथा अन्य क्षेत्रमा इन्टर्न गर्ने ४ सय चिकित्सक, १ सय ५० मिडवाइफसँगै फिजियोथेरापिस्टसहित स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सहयोग गर्ने भएको छ ।

पहिले नै आफ्नो अध्ययन सुरु गरिसकेकाहरूलाई पनि संक्रमणकालीन व्यवस्था अन्तर्गत यस कार्यक्रममा समेटिने भएको छ । लगभग २ हजार विद्यार्थीहरू स्नातकपछि एक पटकका लागि ८ हजार डलर पाउनका लागि योग्य हुने छन् ।

छात्रवृत्ति २०२४ बाट सुरु भएर २०२६ सम्म लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर