स्वर्गीय  टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार अस्ट्रेलियाका पत्रकारद्वय काफ्ले र आचार्यले  पाउने

स्वर्गीय  टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार अस्ट्रेलियाका पत्रकारद्वय काफ्ले र आचार्यले  पाउने
नेपालआईज
१६ वैशाख २०८० १०:४२

सिड्नी ।  अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एसोसिएसन (एन्जा)ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वर्गीय टिका कार्की  सक्रिय  पत्रकारिता पुरस्कार  अस्ट्रेलियाका  पत्रकारद्वय हेमन्त काफ्ले र ऋषि आचार्यलाई प्रदान  गर्ने भएको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मे ५ मा सिड्नीमा सामुदायिक अन्तर्क्रिया कार्यक्रमको आयोजना  गरी उक्त पुरस्कार वितरण  गर्ने एन्जाले जनाएको छ । पुरस्कारको राशि  १ हजार १ डलर रहेको छ ।  

एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिँदै सहभागी  हुन सामुदायिक सङ्घ संस्थाका प्रतिनिधिहरुलाइ आग्रह गरेका छन् ।

कार्यक्रम  सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा  मे पाँच तारिख  शुक्रवार साँझ ६  हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर