अस्ट्रेलियामा फेन्का आवद्ध संस्थाहरुले आईतबार अन्तराष्ट्रिय ‘एभरेष्ट डे’ २०२३ मनाउँने

नेपालआईज
१२ जेठ २०८० २२:३३


सिड्नी ।नेपालको पहिचान र परिचयलाई विविध विषयसंग जोडर अन्तराष्ट्रियस्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन् ।

यसै सन्दर्भमा अष्ट्रेलियामा रहेका फेडेरशन अफ नेप्लिज कम्युनिटी एसोसियन(फेन्का) आवद्ध सामाजिक सदस्य संघसंस्थाहरुको आयोजनमा २८ मे मा अन्तराष्ट्रिय एभरेष्ट डे मनाउने घोषणा गरेको छ । संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्रकृतिक रुपले समेत नेपाल आकर्षक देश रहेको बारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने उद्धेश्यका साथ २८मे मा एभरेष्ट डे को आयोजना गरिएको फेन्काका अध्यक्ष डा. कृष्ण हमालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो माउन्ट एभरेष्टका बारेमा देश तथा विदेशमा प्रचार प्रसार गर्ने, पर्यटन प्रवद्र्धन गर्दै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कार्यक्रम आयोजना गरेका हौं । पर्यटन क्षेत्रको प्रवद्र्धनसंगै नेपालको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । “हिमाल संरक्षण गरौं”भन्ने नाराका साथ २८ मे मा अष्ट्रेलियामा स्थानिय समय अनुसार विहानको ८ बजे देखी नेपाली कला संस्कृति झल्कने विविध कार्यक्रम गरी तयारी गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रम अष्ट्रेलियाका ८ वटै राज्यमा २८मे मै विभिन्न संघ संस्थाको सहयोगमा एकसाथ आयोजना गरिएको पनि अध्यक्ष हमालले बताउनुभयो ।


यसैवीच न्यू साउथ वेल्सका स्टेट कोडिनेटर विष्णु हमालले सिड्नीको Five dock मा २८मे मा विहान ८ बजेबाट कार्यक्रम सुरु हुने बताउनुभएको छ । उहाँले नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुती सहित एभरेष्ट डे मनाउने कार्यक्रम रहेको बताउनुभयो।

नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउनु भयो फेन्का का महासचिव डा० मधुसुदन पुगसैनि ले नेपालको हितका लागि पनि सबै सहभागि हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले नेपाली समुदायले अष्ट्रेलियामा रहेर पनि नेपालको पयर्टन, कला, संस्कृति जर्गेना गर्ने र प्रचार प्रसार गर्ने कार्य गर्दै आएको समेत बताउनुभयो ।
यसैगरी अष्ट्रेलियामा रहेर सामाजिक कार्य गर्दै आउनुभएका रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोख्रेलले सामाजिक कार्यमा नेपालीहरुको सहभागि बढ्दै गएको भन्दै नेपालको हितका लागि २८ मे मा आयोजना गरिएको यो पवित्र कार्यमा पनि उल्लेख्य रुपमा सहभागिता रहने जानकारी दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर