महिला विश्वकप फुटबल: इंग्ल्यान्ड सेमिफाइनलमा, अस्ट्रेलियासँग भिड्ने

महिला विश्वकप फुटबल: इंग्ल्यान्ड सेमिफाइनलमा, अस्ट्रेलियासँग भिड्ने
नेपालआईज
२७ साउन २०८० १६:४९

सिड्‍नी – इंग्ल्यान्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा इंग्ल्यान्डले कोलम्बियालाई २–१ ले पराजित गर्दै आयोजक अस्ट्रेलियासँगको सेमिफाइनलमा भेट पक्का गरेको हो ।

सिड्नी मैदानमा ७५ हजारभन्दा बढी दर्शकमाझ जितसँगै इंग्ल्यान्डले अब घरेलु टोली अस्ट्रेलियासँग अगस्ट १६ मा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

युरोपियन च्याम्पियन इंग्ल्यान्डविरुद्ध कोलम्बियाले ४४ औँ मिनेटमा लिसी सान्टोसको गोलमार्फत् अग्रता बनाएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डले बराबरी गोल फर्कायो । इंग्ल्यान्डका ‌लागि लाउरेन हेम्पले गोल गर्दै टिमलाई पहिलो हाफमा नै बराबरीमा ल्याएकी थिइन् ।

दोस्रो हाफको ६३ औँ मिनेटमा एलेसिया रुसोले गरेको गोलले इंग्ल्यान्ड अग्रता बनाउन सफल भएको थियो ।

अब प्रतियोगितामा आगामी मंगलबार पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, बुधबार अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्ने छन् । यी दुई खेलका विजेताबीच उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर