महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक फाइनलमा प्रवेश

महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक फाइनलमा प्रवेश
नेपालआईज
३० साउन २०८० १५:११

अस्ट्रेलिया । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । न्यूजिल्यान्डमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्विडेनलाई २-१ ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई पहिलो पटक फाइनलमा पुर्‍याउन सल्मा पारालुइलो र ओल्गा कारमोनाले एक-एक गोल गरे । स्विडेनका लागि रेबेका ब्लोमक्भिस्टले एक गोल फर्काइन् ।

सल्माले ८१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर स्विडेनकी रेबेकाले ८८ औँ मिनेटमा बराबरी गोल गरिन् । ८९ औँ मिनेटमा ओल्गाले गरेको गोलसँगै स्पेन फाइनलमा प्रवेश गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर