अस्ट्रेलिया । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । न्यूजिल्यान्डमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्विडेनलाई २-१ ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो ।
स्पेनलाई पहिलो पटक फाइनलमा पुर्याउन सल्मा पारालुइलो र ओल्गा कारमोनाले एक-एक गोल गरे । स्विडेनका लागि रेबेका ब्लोमक्भिस्टले एक गोल फर्काइन् ।
सल्माले ८१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर स्विडेनकी रेबेकाले ८८ औँ मिनेटमा बराबरी गोल गरिन् । ८९ औँ मिनेटमा ओल्गाले गरेको गोलसँगै स्पेन फाइनलमा प्रवेश गर्यो ।