सिड्नीमा – सह-आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल मै पराजित भएको छ ।
पहिलो पटक अन्तिम चारमा प्रवेश गरेको अस्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको हो ।
सिड्नीमा आज भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ३-१ ले पराजित गर्यो ।
इंग्ल्यान्डलाई जित दिलाउन अलेसिया रुसो, इला टुने तथा लाउरेन हेम्पले एक-एक गोल गरे । अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काइन् ।
इंग्ल्यान्डले फाइनलमा स्पेनविरुद्ध खेल्नेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि स्विडेनविरुद्ध खेल्नेछ ।