सिड्नी ।नेपालबाट २८ वर्ष अघि अस्ट्रेलिया पढ्न आएका राजमान थकालीको सिड्नीमा निधन भएको छ। अस्ट्रेलियाको नेपाली समाजमा रेष्टुरेन्ट व्यवसायीको रूपमा चिरपरिचित ५० वर्षिय थकालीको शनिबार उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
स्वर्गीय थकाली लामो समय देखि फोक्सोको रोगबाट पिडीत थिए। स्वर्गीय थकालीका श्रीमती र दुई छोरा छन्। थकाली सिड्नीको मुग्लान रेष्टुरेन्टका सन्चालक तथा सहारा क्लव अस्ट्रेलियाका संस्थापक समेत हुन। उनी १९९६ मा अध्यनका लागि अस्ट्रेलिया आएका थिए। उनी सन २०११ देखि रेष्टुरेन्ट व्यवसायमा लागेका थिए।
सिड्नीको टाउनहल र रक्डेलमा उनको रेष्टुरेन्ट छ। उनी भन्थे- ‘खाना बेचेर घाटा लाग्दैन ।’ अस्ट्रेलियामा पहिलो पटक ‘ढिडो’ को स्वाद चखाउने रेस्टुरेन्ट व्यवसायीका रूपमा पनि चिनिन्थे ।
उनले १६ वर्षको अनुभवपछि आफै रेष्टुरेन्ट व्यवसायमा लागेका थिए । उनको निधनमा अस्ट्रेलियामा रहेका नेपालीहरुले गहिरो शोक तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।