एक्काको अध्यक्षमा कोमलराज पाठक निवार्चित !

एक्काको अध्यक्षमा कोमलराज पाठक निवार्चित !
नेपालआईज
४ असोज २०८१ १०:५२

सिड्नी । अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को अध्यक्षमा कोमलराज पाठक निवार्चित भएका छन् । 

 शुक्रवार सिड्नीमा सम्पन्न एक्काको सातौ साधारणसभाले पाठकको नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको हो ।  एलाइन्सको उपाध्यक्षमा  सत्यप्रकाश कडेल , शंकर धरेल  र चुडामणी सिलवाल निर्वाचित भएका हुन्।

त्यसैगरी संस्थाको सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएको एक्काले जनाएको छ ।

त्यस्तै कार्यसमिति सदस्यमा दिपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी , अनिश पुरी,अर्जुन थपलिया, भुमि सुवेदी, सुनिल सिग्देल र अरूण गौतम  निर्विरोध चयन  भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर