सेप्टेम्बर २८ मा अस्ट्रलमा दशै कप हुँदै

सेप्टेम्बर २८ मा अस्ट्रलमा दशै कप हुँदै
नेपालआईज
७ असोज २०८१ ११:३४

सिड्नी  । अस्ट्रल नेप्लिज कम्युनिटी क्लब (एएनसीसी)  २०२४  अगष्ट  महिनामा  स्थापित  भई  युवा  वर्गलाई  समेटी  पवित्र  सामाजिक कार्य  गर्ने भावना  बाट  स्थापित  क्लव  ले  युवाहरुको विभिन्न  विधामा क्षमता अभिवृदि  गर्ने उदेश्यले सुनिल पराजुलिको अध्यक्षतामा   ११  सदस्यिय  कार्य समिति   गठन  गरेको  छ । 

 क्लवको उपाध्यक्षमा उपाध्यक्ष  विवेक  लुइटेल सचिव  निराजन  श्रेष्ठ , कोषाध्यक्ष  अनिल जङ थापा रहेका छन् । साथै समिर  पौडेल  स्पोर्टस  कोर्डिनेटर ,रन्जित  थापा , सामुदायिक  निर्देशक र परेश भटराई -फुटवल क्याप्टेन  रहेका छन् । 

बिजयादशमिको  पूर्वसन्ध्यामा  युवाहरुमा  भएको उत्साहलाई खेल  सम्बन्धी  विभिन्न  सिप, ज्ञानलाई  खेल मार्फत  चौतर्फि  विकास  गर्ने  उद्देश्यले दशै कप २०२४  आयजना गरिने भएको छ   हालै  मात्रै  स्थापित   सो क्लवले  आउदो  सेप्टेम्बर  २८  शनिवारका  दिन पहिलो  कार्यक्रम  गर्न  थालेको  हो । 

जसमा युवाहरुविच  फुटवल  खेल  बच्चाहरुका  लागि  निशुल्क  फेस पेन्टिङ,बुबाआमा  का  लागि  घैंटो  फुटाउने  तथा  म्यूजिकल  जस्ता  विभिन्न  रचनात्मक  कार्यक्रम  हरु  गर्न  थालिएको क्लवका  अध्यक्ष सुनिल  पराजुलि  ले नेपाल  आई मिडिया सँगको  कुराकानिमा   बताउनु  भएको  छ ।

विविध  सांस्कृत्तिक  कार्यक्रम  साथ सांगितिक नृत्य प्रस्तृति  समेत  हुने  सो  कार्यक्रममा फुड स्टलहरु समेत  राखिएको  क्लवका  सदस्य  रवि केसीले जानकारी दिएका छन् । तसर्थ  सम्पूर्ण अव्ट्रलवासि  आमाबुबा दाजुभाई दिदिबहिनि ज्यूहरुलाई उपस्थिति  भईदिनु  हुन केसिले  अनुरोध  समेत  गरेका  छन्  सो  कार्यक्रम  लाई  सफलिभूत  पुऱ्याउन  विभिन्न  व्यक्ति  तथा  संघ  संस्थाले  पनि  साझेदारी  गरी  सहयोगी  हातहरु  अगि  बढाएका  छन् जसमा  कमःश   अनिल जंग थापा, द गिल्डफोर्ड एस्प्रेसो र टप सेल्फ कफी एण्ड किचेन, निरजन श्रेष्ठ, रे प्रोपर्टीज विष्णु गुरुङ, गुरुङ शटल्स एण्ड ट्राभल्स, दिल खड्का, कोचदिल, र किजन महर्जन   र  डिजाइन ल्याबले प्रायोजन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर