Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रल नेप्लिज कम्यूनिटी क्लवद्वारा आयोजित दशै कपको प्रथम उपाधी टिम अन्नपूर्णको पोल्टामा !
नेपालआईज
१४ असोज २०८१ ६:२०
सिड्नी । अष्ट्रल नेप्लिज कम्यूनिटि क्लव (एएनसीसि ) द्वारा आयोजित दशै कपको प्रथम उपाधी टिम अन्नपूर्णले जितेको छ ।
उक्त फुटबल खेल प्रतियोगितमा तीनवटा टिमको प्रतिस्पर्धा रहेको थियो । सगरमाथा , अन्नपूर्ण र कन्चनजङ्गाका टिमका खेलाडी वीच कडा रोचक प्रतिस्पर्धात्मक भएको थियो । अन्नपूर्णका क्याप्टेन पारश भहराई , कचनजङ्गा क्याप्टेन निराजन श्रेष्ठ र सगरमाथा टिमका क्याप्टेन विवेक लुइटेल रहेका थिए । खेलमा टिम अन्नपूर्ण प्रथम ,सगरमाथा टिम रनर अप र तृतिय कन्चनजङ्गा भएको थियो । जसमा फुटवलमा म्यान अफ द टुनामेन्ट पारस भहराई भएका थिए ।
सो कार्यक्रममा क्लवका सामुदायिक कोडिनेटर कृष्ण के.सी को संयोजन एवं समन्वयमा २ चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा अष्ट्रल क्षेत्रमा रहेका नेपाली समुदायको वाक्लो उपस्थिति रहेको थियो ।
विजेता तथा अन्य प्रतियोगितमा उत्कृष्ट भएका वालबालिका तथा व्यक्तित्वहरुलाई प्रमुख अतिथी मुरारी प्रसाद घिमिरेले पुस्कार तथा मेडल वितरण गर्नुभयो । न्यु साउथ वेल्सका डपुटी कोर्डिनेटर एवं आरएन एस अस्टेलियाका संरक्षण मुक्तिराम पोखरेलले स्थानीय नेपाली समुदायले खेलाडीहरुलाई प्रोत्साहीत गर्नुपर्ने बताउनु भयो ।
यसैवीच अर्को समाजसेवि एवं अभिभावक भरत बहादुर खड्काले क्लवले आगमि दिन महिला शशक्तिकरण नेतृत्व विकास सहित सामुदायिक गतिविधि लाई पनि अगाडि बढाउन सुझाव सुझाव दिनुभयो । संस्थाका अध्यक्ष सुनिल पराजुलिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम लाई सफल बनाउन सहयोग गर्ने टिमका सागै स्थानीय अभिभावक समाज , विज्ञापनदाता खेलाडि तथा अस्ट्रलबासी नेपाली समुदायलाई धन्यवाद दिए ।
खेलसंगै अष्टल प्ले ग्राउण्ड मा विविध कार्यक्रमका साथै वडादशैको अवसरमा शुभ कामना आदान प्रदान , सकर कप , किड्स फण्ड प्रोग्राम अन्तर्गत एथलेटिक्स दौड ,फेस पेन्टिङ बुवा आमाका लागि म्यूजिकल चेयर , घैटो फोर्ने साथमा मनोरजतात्मक राफल चिट्ठा पनि राखिएको थियो ।
उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति, संघ संस्थाका साथै द गिल्डफर्ड एक्सप्रेसो र टप सेल्फ कफि एण्ड किचनका प्रोपराइटर अनिल जङ थापा रे प्रोपट्रीका निराजन श्रेष्ठ ,गुरुङ सुटलेस एण्ड ट्रावल्सका विष्णु गुरुङ्,सेज होम लोनका समिर श्रेष्ठ , डिजाइन ल्यावका किजन महर्जन ,कोच डिल खड्काले सहयोग गरेका थिए ।
क्लवका अध्यक्ष सुनिल पराजुलिको अध्यक्षता तथा नेपालि अभिभावक समाज अष्ट्रेलिया अष्ट्रलका अध्यक्ष मुरारी प्रसाद घिमिरेको प्रमुख आथितवमा सम्पन्न भएको थियो ।