Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
सिड्नीमा नेपाल फेस्टिभल सकियो- ‘दक्षिणी गोलार्ध’ मै नेपालीहरुको ठूलो उपस्थिती
नेपालआईज
९ मंसिर २०८१ ०:३२
छत्र शंकर – सिड्नीमा नेपाल फेस्टिभल २०२४ सम्पन्न भएको छ। करिव २० हजार भन्दा वढी नेपाली नेपालीहरुको सहभागितामा रहेको आयोजकको दावी छ।
महोत्सवले अस्ट्रेलिया मात्र नभएर विश्वमा नेपाल चिनाएको छ। सिड्नीको पर्यटकीय स्थल डार्लिङ हार्बरमा सम्पन महोत्सवले अस्ट्रेलियामा नेपालीहरु बढ्दो रहेको सन्देश दिएको छ ।
साथै अस्ट्रेलियामा नयाँ नेपाली पुस्ता हुर्किदै गएको सन्देश महोत्सवले छोडेको छ। नेपाल घुम्न चाहने अस्ट्रेलियालीहरुलाई महोत्सवले नेपाल चिन्ने अवसर मिलाएको छ। नेपालीहरु आफ्नो कला संस्कृति झल्कने पहिरन तथा बाजा गाजाका साथ सिड्नीको टाउनहल परिक्रमा गर्दा स्थानीयहरुलाई ब्युझाएको छ ,नेपालीहरुको पहिचानले । नेपालीहरु नेपाली पोशाकमा महोत्सवमा सहभागी हुनुले नेपालको राष्ट्रिय पोशाकको चिनारी गराएको छ। महोत्सवमा न्युसाउथ वेल्सका मुख्यमन्त्री अन्य अतिथीहरु नेपाली टोपीमा सजिदा सहभागीहरु प्रफुल्लित देखिन्थे । NSN का मुख्यमन्त्रीले विशाल महोत्सवलाई संबोधन गर्दा तालीले स्वागत गरेका थिए।
मुख्यमन्त्री क्रिस्स मिन्सले नेपालीहरुले अस्ट्रेलियामा पुऱ्याएको योगदानको प्रशंसा गरे। लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान ,यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर लगायत विभिन्न सरकारी प्रतिनिधिहरुले उपस्थिती थियो । कार्यक्रममा महोत्सवमा बोल्ने अधिकांश वक्ताहरुले नेपाली समुदायले गरेको योगदानको प्रशंसा गरे। महोत्सवमा सार्क देशका वाणिज्य दूतहरुको सहभागिता रहेको थियो। ३५वटा भन्दा वढी स्टलहरु राखिएको थियो। महोत्सवलाई नेपालमय बनाउन नेपाल हाउस, धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा निर्माण गरिएको थियो । यहाँ नेपालबारे बुझ्ने अस्ट्रेलियनहरुको भिडलागेको देखिन्थ्यो ।
यहाँ जन्मे हुर्केका नानीबाबुहरुले पनि चासोका साथ अवलोकन गरेका थिए। नेपाली गित तथा संगितमा नयाँ पुस्ताका नेपाली नानिबाबुहरुले कला प्रस्तुति गर्दा महोत्सव झन रमाइलो भएको थियो। साँझपख नेपाल देखि आएका राष्ट्रिय कलाकारहरुले महोत्सवलाई संगितमय बनाएका थिए। कलाकारहरुको प्रस्तुतिमा हजारौ सहभागी झुमेका थिए ।
नेपाल फेस्टिभल सिड्नी २०२४ एतिहासिक बन्यो – पोखरेल
गैर आवासिय नेपाली संघ आन्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाल फेस्टिभल सिड्नी भव्यरूपमा सफल भएको भन्दै सबैलाई धन्यवाद दिएका छन्।
उनले भनेका छन् -” नेपाल फेस्टिभल महिनौंको कडा परिश्रम र समर्पणको फल पाएको छ, र हामी छ वर्षपछि टुम्बालोङ पार्क, डार्लिंग हार्बर, सिड्नीमा फर्किएकोमा खुसी छौं!”