वोलोङगोङ इलावारा नेपाली कम्युनिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा नारायण प्रसाद चापागाई

वोलोङगोङ इलावारा नेपाली कम्युनिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा नारायण प्रसाद चापागाई
नेपालआईज
२९ पुष २०८१ १:१४

सिड्नी । न्युसाउथ वेल्स स्थिति  Wollongong  Illawarra Nepali community को साधारण सभाले   नारायण प्रसाद चापागाईको अध्यक्षतामा  १७  सदस्यीय नयाँ कार्यसमिति  सर्वसम्मत चयन भएको छ ।  

नव गठित कार्यसमितिको  उपाध्यक्षमा  कार्भिका बजगाई खड्का , सचिव आशिष पौडेल, सहसचिव सरस्वती खड्का , कोषाध्यक्ष हरि पौडेल  र जनसम्पर्क अधिकृत सुजन खतिवडा रहेका छन् ।

त्यसै गरी  सदस्यहरूमा  सक्रिया कोइराला , सुजन कार्की, अलका गिरी, सुनिल कटुवाल, रुविना राना मगर , ऋचा शर्मा, मौसम पोखरेल, शैलेन्द्र रिजाल, सुदर्शन घिमिरे र भरत पन्त  रहेका छन् ।  एक जना  सदस्य भने कार्यसमितिले पछि मनोनित गर्ने अध्यक्ष चापागाईले जानकारी दिए । 

अध्यक्ष चापागाईले नेपाली भाषा पाठशाला , कम्युनिटी रेडियो सञ्चालन आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहने बताए ।  संस्थाको साधारण सभाले सभा ले सर्वसम्मत रुपले विधान संसोधन  गरी सरकारी संघ संस्था तथा अन्य कम्युनिटी हरुसग सहकार्य गर्न सहजीकरण गर्न सहज बनाएको  छ । संस्थाले स्थानीय सरकार तथा  मल्टिकल्चरल कम्युनिटीसंग सहकार्य  गर्दै आएको छ ।   

हाल वोलोङगन इलवारा क्षेत्रमा  मात्र करिव ८ हजारको संख्यामा नेपालीहरुको बसोबास रहदै आएको छ ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर