अस्ट्रेलियामा अन्जनाको जीवन-मरणको लडाइँ: बुबा मृगौला दिन्छु भन्छन्, तर खर्च छैन

अस्ट्रेलियामा अन्जनाको जीवन-मरणको लडाइँ: बुबा मृगौला दिन्छु भन्छन्, तर खर्च छैन
नेपालआईज
३ फागुन २०८१ ०:४६
 छत्र शंकर -  

–२७ वर्षीया अञ्जना धौलाकोटी हाल मिर्गौलासम्बन्धी गम्भीर रोग क्रोनिक किड्नी डिजिज (चरण ५) बाट ग्रसित भएकी छिन्। उनको दुवै मिर्गौला काम गर्न छोडिसकेको छ र हाल उनी हप्तामा तीन पटक डायलासिस गराइरहेकी छन्। उनी आफ्नो जीवन बचाउनका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामामा छिन्।

अञ्जनाका अनुसार, आठ महिना अगाडि उनी उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया गएकी थिइन्। सुरुमा पर्थमा बसोबास गर्दै थिइन् तर केही समयसम्म रोजगारी नपाएपछि उनी राम्रो अवसरको खोजीमा सिड्नी सरेकी थिइन्। सिड्नी पुगेको केही समयपछि उनको आँखा र खुट्टा सुन्निने समस्या देखियो। अवस्था झन् बिग्रिएपछि उनले स्वास्थ्य परीक्षण गराउँदा मिर्गौलाले काम गर्न छोडेको र तत्काल डायलासिस गर्नुपर्ने चिकित्सकहरूले बताएका थिए। अल्ट्रासाउन्ड (USG) रिपोर्टमा उनको शरीरमा अत्यधिक मात्रामा पानी जमेको देखिएको थियो।
हाल अञ्जना आफ्नो परिवारसँग नेपाल फर्केर हप्तामा तीन पटक डायलासिस गराइरहेकी छिन्। तर, यो उपचार अस्थायी मात्र हो। उनी फेरि सामान्य जीवन जिउन मिर्गौला प्रत्यारोपण गर्न चाहन्छिन्। उनको बाबु मिर्गौला दान गर्न तयार छन्, तर प्रत्यारोपण प्रक्रियामा लाग्ने खर्च अञ्जनाको परिवारका लागि धान्न असम्भव छ।

त्यसैले, अञ्जनाले आफ्नो जीवन बचाउनका लागि सबैसँग आर्थिक सहयोगको अपिल गरेकी छिन्। “म यो अभियान मार्फत मिर्गौला प्रत्यारोपणको लागि आवश्यक रकम संकलन गर्न चाहन्छु। तपाईंहरूको सानो सहयोगले मलाई नयाँ जीवन दिन सक्छ,” अञ्जनाले भावुक हुँदै बताइन्।

जो कोहीले अञ्जनालाई सहयोग गर्न चाहनुहुन्छ, कृपया उनीसँग सम्पर्क गर्न वा फण्ड रेजिङ अभियानमा सहभागी हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर